चट्याङ लागेर धादिङमा २ जनाको मृत्यु ८ घाइते

धादिङ / थाक्रे–३, मल्डुङ्गमा सोमबार राति चट्याङ लागेर २ जनाको मृ’त्यु भएको छ । अन्य ८ जना घा’इते भएका छन् ।सोमबार राति ९ बजे चट्याङ लागेर विचारी टोलका २३ वर्षीय सागर अर्याल र भुजेल टोल बस्ने ४५ वर्षीय सानुबाबु तामाङको मृ’त्यु भएको प्रहरीले जनाएको छ । दुवैको घर ६ सय मिटरको फरकमा रहेको छ ।

उनिहरुको उपचारका लागि लैजादै गर्दा बाटोमै मृ’त्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै चट्याङ ला’गेर रुपक अर्यात, धनकुमारी तामाङ, तारासिंह तामाङ, कान्छी तामाङ, सानु तामाङ र ठूलीकान्छी तामाङ घा’इते भएका छन् ।

घा’इतेमध्ये रुपक अर्यालसहित ३ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ ।अन्य ५ जना स्थानीय स्वास्थयचौ’कीमा उपचार गरी घर फर्केका छन् ।

गएराती थांक्रे गाउँपालिकाको वडा नम्बर ३ वालुवाखर्कमा रहेको ट्रा’न्सफर्मरमा चटयाङ लागेर प’डकिएपछि त्यहाँबाट वितरण भएको बिद्युत्त लाइनमा हाईभोल्टेज करेन्ट प्र’वाह भएर करेन्ट सर्ट हुन पुगेको स्थानियले बताएका छन् ।चट्याङका कारण विद्युत् ट्रान्सफर्मरमा नै आ’गलागी भएको थियो ।

Loading...
प्रकाशित मिति ९ बैशाख २०७७, मंगलवार ०२:५८