उदयपुरमा कोरोना संक्रमितको सङ्ख्या २४ पुग्यो

  • तस्बिर : कोभिड-१९ परिक्षणका लागि जम्मा भएका भुल्केेका स्थानिय

काठमाडौं / विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसँगको लडाईँमा विश्वका थुप्रै देशहरुले लकडाउनको आह्वान गरेका छन् । विभिन्न देशको सरकारले घरबाहिर निस्किन नदिने, सामाजिक दूरी कायम गर्ने, भीडभाड नगर्ने, सेल्फ क्वारेन्टाइन, होम क्वारेन्टाइन र घइरबाट नै अफिसका सम्पुर्ण काम गर्न आग्रह गरेको छ । नेपालमा पनि सरकारले लकडाउन घोषणा गरेको आज ३० ओैं दिन भएको छ, गत चैत ११ गतेबाट सुरु गरिएको लकडाउन बैशाख १५ गतेसम्मलाई जारी गरिएको हो ।

यतिबेला नेपालमा कोरोनाको केन्द्रविन्दु उदयपुर बन्न पुगेको छ । केहिदिन अगाडि भारतबाट नेपाल आएका १२ जना भारतिय नागरिकमा एकैचोटि कोरोना संक्रमण पुष्टि भएपछि, सरकारले उदयपुरलाई थप निगरानीमा राखेको थियो । त्रियुगा नगरपालिका भुल्के स्थित मस्जिदमा रहेका भारतिय नागरिकहरुको सम्पर्कमा आएका थप ११ जनालाई आज कोरोना पुष्टि भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा नोभेल कोरोना भाइरसको संक्रमित सङ्ख्या ४२ पुगेको छ, जसमध्ये ४ जना निको भएर घर फर्किसकेका छन् भने अन्य ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्वस्थ्य मन्त्रालयको अनुसार संक्रमितहरुको स्वस्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ ।

कोरोना भाइरसको कारण विश्वका शक्तिशाली देशहरुले ठूलो क्षति बेहोरीरहेको बेला नेपालमा भने हालसम्म मानवीय क्षति भएको छैन ।

कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपनि राजधानी लगायत देशका विभिन्न शहरमा रहेका नागरिकहरु जसोतसो घर फर्किरहेका छन् । लामोसमयको लकडाउनले दिनरात ज्याला मजदुरी गरेर बिहान बेलुका चुल्हो बाल्न पर्ने मजदुरहरुमा ठूलो समस्या परेको छ ।

यतिबेला धेरैको ध्यान गाउँघरमा केन्द्रित भएको पाइन्छ, शहरको बन्द कोठामा गुम्सिएर भोकभोकै बस्न भन्दा गाउँघरको आटो पिठो खाँदै स्वच्छ हावामा रमाउन धेरै परदेशीहरु गाउँ फर्किरहेका छन् ।

Loading...
प्रकाशित मिति ९ बैशाख २०७७, मंगलवार १५:१९