लकडाउन लम्बिन सक्छ : प्रधानमन्त्री

काठमाडौं, १० बैशाख । विश्वभर फैलिरहेको नोभेल कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले लकडाउन घोषणा गरेको आज ३० ओैं दिन, अझै तोकिएको लकडाउन अवधि सकिन ५ दिन बाकि रहेको छ । तर, नेपालमा दिनानुदिन कोरोना संक्रमितको सङ्ख्या बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अझ लम्बिन सक्ने संकेत गर्नु भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित नेकपाका सांसदहरुसंगको छलफलमा उहाँले कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि लकडाउन नै उत्तम उपाय देखिएको समेत बताउनुभयो ।

सरकारले ल्याएको अध्यादेशको विषयलाई लिएर विकसित घटनाक्रम र पार्टी भित्र उठेको अन्यौललाई लिएर नेकपाका अध्यक्षद्धय ओली र पुष्पकमल दाहालले अहिले वालुवाटारमा आफ्ना सांसदहरुसंगको छलफलमा व्यस्त हुनुहुन्छ ।

छलफलमा उठेको जिज्ञासाको जवाफ दिदै प्रधानमन्त्री ओलीले भारतसंगको नाका पनि तत्काल खोल्ने कुनै योजना नरहेको बताउनुभयो । यद्धपि सीमा पारि रोकिएका नेपाललाई नेपाल प्रवेश गर्न दिने विषयमा भने सरकारले सोचिरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

हालसम्म नेपालमा कोरोना संक्रमितको सङ्ख्या ४२ पुगेको छ, ‘जसमा ५ जनाको स्वस्थ्यमा सुधार आएपछि घर फर्किसकेका छन् ।

Loading...
प्रकाशित मिति १० बैशाख २०७७, बुधबार ०९:३४