उदयपुर उच्च जोखिममा, कोरोना संक्रमित सङ्ख्या २७ पुग्यो ।

काठमाडौं / उदयपुरको भुल्के मस्जिदबाट सबैभन्दा पहिलोपटक स्वाप नमुना परिक्षण गरिएको १६ जना सबैमा कोरोना पोजेटिप पुष्टि भयो । यसअघि  १३ जनाको पुष्टि भइसकेको थियो भने आज बाकी ३ जनाको पनि पुष्टि भएको हो ।

१३ जना संक्रमित पुष्टि भएपछि विराटनगरको एक क्वारेन्टाइनमा राखिएका ती ३ जनालाई आज धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।थप यी ३ जना पनि पोजेटिभ पुष्टि भएपछि अव उदयपुरमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ ।

सुरूमा स्वाप परिक्षण गरिएका १६ मध्ये १३ जनामा पाेजेटिभ देखिएपछि, भुल्केकाे मस्जिदबस्तीमा ५३ घर मुस्लिम समुदाय र छेउछाउका अन्य समुदाय गरी ३ सय २० जनाकाे स्वाप नमुना संकलन गरिदा १२ जनाकाे पाेजेटिभ देखियाे । बाँकि ३ जनाकाे पनि पुष्टि भएपिछ भुल्केमै कुल २८ जनामा काेराेना पाेजेटिभ देखिएकाे हाे ।

त्यस्तै हालसम्म देशभर कोरोना संक्रमितको सङ्ख्या ४५ पुगेको छ भने ७ जनाले कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भइ घर फर्किसकेका छन् । कोरोना रोकथामका लागि सरकारले लडकाउन घोषणा गरेको आज एक महिना पूरा भएको छ ।

Loading...
प्रकाशित मिति १० बैशाख २०७७, बुधबार १३:१२