जापानमा नेपाली युवतीले कोरोनालाई जितेर घर फर्किइन्

  • इन्दिरा खनाल

बैशाख / जापानमा १ जना नेपाली युवती कोरोनालाई पराजित गर्दै घर फर्केकी छिन् ।अप्रिल २ तारिक कोरोनको संक्रमण पुष्टी भई अस्पताल भर्ना भएकी उनी स्वास्थलाभ लिदै बुधबार घर फर्केकी हुन् ।

जापानका लागि नेपाली राजदुताबासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले एबिसी न्युजलाई जानकारी दिदै नेपाली युवती स्वस्थ भएर घर फर्केको बताउनुभयो । जापानको ईबाराकी केनमा बस्दै आएकी उनी वृद्धवृद्धा स्याहार केन्द्रमा काम गर्थिन ।

अध्ययन पश्चात कामदार भीषामा परिवर्तन गरेकी उनलाई कार्यस्थलबाटै सरेको थियो । उमेरले २१ पुगेकी उनी चुकुवा सान्गुचीमा बस्दै आएकी छिन् ।

बुधबार थप १ नेपाली संक्रमित

बुधबार जापानको टोकियोमा थप १ जना नेपाली युवामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । यो संगै जापानमा संक्रमित नेपालीको संख्या ३ पुगेको छ भने १ जना निको भई २ जना उपचाररत छन् ।

जापानका लागि नेपाली राजदुताबासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले थप १ जना कोरोना संक्रमित भएको जानकारी दिनुभयो । संक्रमित व्यक्ती रेष्टुरेन्टमा कार्यरत रहेको पाईएको छ ।

उनी यस अघि संक्रमित पुष्टी भएका व्यक्ती संगै रेस्टुरेन्टमा कार्यरत रहेको बुझिन आएको छ । बुधबार सम्म जापानभर सक्रमितको संख्या १२ हजार ६ सय ६ पुगेको छ भने ३ सय ७ जनाले ज्यान गुमाईसकेका छन् ।

Loading...
प्रकाशित मिति १० बैशाख २०७७, बुधबार १५:५३