नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो, आज थपिए २ जना

काठमाडौं, ११ बैशाख / नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । पुनः दुई जनामा संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या ४७ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटोले उदयपुर एक र जनकपुरका एक गरी २ जनामा संक्रमणको पुष्टि भएको जानकारी दिनुभयो ।

त्यस्तै बागलुङकी १९ बर्षिया युवतीमा कोरो’ना भा’इरस (कोभिड-१९) को पाँचाैँ रिपोर्ट नेगेटिभ देखिएको छ । उनको पाँचो रिपोर्टमा को’रोना नदेखिएको धाैलागिरी अंचल अस्पतालले जनाएको छ ।

अहिले संक्रम’ण देखिएकी बागलुङकी युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।

त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा को’रोना भाइ’रसको संक्र’मण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । त्यसक्रममा बागलुङ नगरपालिकामा रहेकी युवतीलाई पनि धौलागिरि अस्पतालमा नमुना संकलन गरिएको थियो ।

Loading...
प्रकाशित मिति ११ बैशाख २०७७, बिहीबार १०:५०