नेपालमै अविवाहित युवतीले क्वारेन्टाइनमा जन्माइन शिशु

  • प्रतीकात्मक तस्बिर

क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृ’त शिशुलाई जन्म दिएकी छन्।उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी मोलुङ गाउँपालिका–१ की १६ वर्षीया अविवाहित युवतीले क्वारेन्टाइनमा बसेकै बेला बच्चा जन्माएकी हुन्।

मङ्गलबार साँझ क्वारेन्टाइनमा ल्याइएकी युवतीको स्वास्थ्यमा बुधबार समस्या देखिएको थियो। केही समयपछि मृ’त शिशु जन्मिएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले बताए। शिशुको मृत्’यु भइसकेको र आमाको स्वास्थ्यमा थप समस्या देखिएपछि ओखलढुङ्गा सामुदायिक अस्पताल पठाइएको  उनको भनाइ छ।

“अघिल्लो दिन उदयपुरबाट आएको हुनाले क्वारेन्टाइनमा राख्ने भनेर ल्याइयो। भोलिपल्ट ब’च्चा पो जन्मियो। समय नपुगी जन्मिएर होला शिशु खासै स्व’स्थजस्तो थिएन”, उनले भने, “मृ’त शिशु प्रहरीको जिम्मा लगायौैँ र आमालाई यहाँको स्वास्थ्य संस्थामार्फत अस्पतालमा सिफारिस गरिएको छ।”

क्वारेन्टाइनमा बच्चा जन्माउने युवतीलाई अहिले ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको छ। रक्तस्रावको केही समस्या भए पनि युवतीको स्व’ास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

कोरोनाको ड’रले शिशुको श’व परी’क्षण भने गरिएको छैन। आमा केही दिनअघि मात्रै उदयपुरबाट आएकाले कोरोनाको स’ङ्क्र’मण हुनसक्ने डरले परीक्षण नगरेको बुझिएको छ । शिशुको श’व परीक्षण गरे÷नगरेको विषयमा इलाका प्र’हरी कार्यालय वरुणेश्वरका प्रहरी निरीक्षक श्रीप्रसाद राईले कुनै प्रतिक्रिया दिएन्।

“अविवाहित भनिएकी युवतीले मृ’ त शि’शु जन्माएकी हुन्। अहिलेलाई यत्ति भनौँ। शिशुको श’व परी’क्षणलगायतका कुरा पछि गरौँला नत्र माथिल्लो निकायमा सोध्नुस्”, प्रहरी निरीक्षक राईले भने। रासस

Loading...
प्रकाशित मिति १२ बैशाख २०७७, शुक्रबार ०८:१८