प्रदेश १ मा कोरोना संक्रमित ३० पुग्यो, उदयपुर, भोजपुर र झापामा

उदयपुर / प्रदेश १ को उदयपुरमा पहिलो पटक देखा परेको कोरोना संक्रमण, थप दुई जिल्लामा पनि देखिएको छ । थप दुईजना  भोजपुर र  झापामा संक्रमित पुष्टि भएको हो । उदयपुरमा २८ जना रहेकामा भोजपुर र झापा एक÷एक गरी अव प्रदेशमा ३० जना पुगेको छ । देशभारमा आजसम्ममा ४९ संक्रमित पुगेका छन् । जसमा ७ जना उपचारबाट निको भइ फर्किएका छन् ।

आजसम्म प्रदेशमा पीसीआर विधिबाट जम्मा ९ सय ६ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको छ । जसमा २ सय ४३ महिला र ६ सय ६३ पुरुष छन् । उनीहरुमध्ये ८७ महिला र ४ सय ९६ पुरुषको रिर्पोट नेगेटिभ आएको छ ।

द्रुत परीक्षण विधि (आरडिटी) बाट जम्मा ४ हजार १ सय ६० जनाको नमुना परीक्षण गरिएको छ । परीक्षण गरिएकामा ६ सय ७६ महिला र ३ हजार ८ सय ८४ जना पुरुष छन् । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या कूल १ हजार १ सय ६३ जना पुगेको छ । ४३ जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् ।

होम क्वारेन्टाइनमा जम्मा ५ हजार ३ सय ८७ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कले जनाएको छ । होम क्वारेन्टाइनमा बस्नेमा महिला ९ सय ३ र पुरुष ४ हजार ४ सय ८४ जना रहेका छन् ।

Loading...
प्रकाशित मिति १३ बैशाख २०७७, शनिबार ०१:११