काठमाडौँबाट अलपत्र यात्रु बोकेर उदयपुर जाँदै गरेको बस दुर्घटना

फाइल तस्बिर

काठमाडौं १३ बैशाख  / कठामाडौँबाट यात्रु बोकेर उदयपुर जादैँ गरेको बस दुर्घटनामा परेको छ ।

काठमाडौँमा रहेका अलपत्र यात्रु बोकर उदयपुर जादैँ गरेको नम्बर नखुलेको बस बर्दिबास–३ पाटो भन्ने स्थानमा दुर्घटना हुँदा बसका सह–चालकको च्याप्पिएर ज्यान गएको महोत्तरीका डिएसपी माधव प्रधाद बुढाथोकीले बताए ।

प्रहरीका अनुसार उक्त बसमा रहेका अन्य यात्रुहरु सकुशल रहेका छन् । दुर्घटना बारे पूर्ण विवरण आउन बाँकी छ ।

यसअघि बैशाख १० गते पनि काठमाडौँबाट अलपत्र परेका यात्रु लिएर दोलखा जाँदै गरेको बा २ ख ६८१८ नम्बरको बस रामेछापको मन्थलीमा दुर्घटनामा परेको थियो ।

अन्य समाचार : सिन्धुलीमा हालसम्म ४ सय ७० जनाको आरडिटी जाँच गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरस परीक्षणका लागि जिल्लाभर आरडिटी परीक्षणलाई तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

३ सय ८२ जना पुरुष र ८८ जना महिलामा आरडिटी परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सुचना अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । दुई नगरपालिका र सात गाँउपालिका रहेको सिन्धुलीमा सुरुवातमा विदेशबाट आएकाको परीक्षण गरिएको थियो भने अन्यको समेत परीक्षण भएको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।

यसका अलवा क्वारेन्टाइनमा बस्ने र अस्पतालमा आउने केहि विरामीको समेत आरडिटी परीक्षण भएको छ । सिन्धुली जिल्लाभर हालसम्म २ सय २० ओटा क्वारेन्टाइन निर्माण भएको छ भने जिल्लाका विभिन्न स्थानमा ३३ ओटा आइसोलेसन निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए । हाल क्वारेन्टाइनमा तीन जना पुरुष रहेका छन् ।

जिल्लाले ६ सय किट प्राप्त गरेको भएपनि त्यो पर्याप्त नभएकाले किट प्राप्त गर्नका लागि पहल भइरहेको छ, प्रजिअ पाण्डेले भने, आरडिटीका लागि जिल्लामा ६ सय ओटा किट प्राप्त भएको थियो, प्राप्त किट प्रयोग भइरहेको छ । जिल्लामा स्वास्थ्य सामाग्रीको अपुग रहेको जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष प्रलाद पोखरेलले बताए । ‘विभिन्न निकायबाट प्राप्त भइरहेको छ, खासगरि हामीलाई नगद सहयोग भन्दा पनि स्वास्थ्य सामाग्री सहयोग गरिदिए ठूलो सहयोग हुन्छ’, उनले भने ।

Loading...
प्रकाशित मिति १३ बैशाख २०७७, शनिबार ०३:०७