कोरोनाको केन्द्रविन्दु बनेको उदयपुर भुल्केमा डब्लूएचओको टोली पुग्यो

उदयपुर / त्रियुगा नगरपालिका वडा नम्बर ३, भुल्केमा २८ जना सङ्क्रमित पुष्टि भएपछि विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) को टोली उदयपुर आएको छ ।

कोरोनाबाट उत्पन्न समस्याको विषयमा बुझ्न राजन पटेलको नेतृत्वामा डब्लूएचओेको टोली उदयपुर आएको हो ।

स्वास्थ्य सेवा विभाग टेकुका इडीसीडीका लिलाविक्रम थापा, प्रदिप रिमाल, पशुसेवा विभागका डा. सुजन रानाको टोली बिहीबार त्रियुगा नगरपालिका३, भुल्केमा आएको हो ।

त्यस्तै  नोवेल कोरोना भाइरस (कोभिड–१९) का आशंका गरिएका उदयपुरमा १ सय ५ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

एक सय १२ जना मध्ये १ सय ५ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । सवै थ्रोट स्वाब नमूना संकलन (पिसिआर) विधिको रिपोर्ट हो ।

 

Loading...
प्रकाशित मिति १३ बैशाख २०७७, शनिबार ०५:५६