आज देशभर भारी वर्षा हुने

काठमाडौ ६ साउन / आज सोमबार उपत्यकासहित केहि मध्य तथा पूर्वका केहि स्थानमा बिहानैदेखि ठुलो वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम महाशाखाका मौसमविद्ले बताए अनुसार आज पूर्वदेखि पश्चिमसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । भिषण वर्षाकै कारण पहाडी भूभागमा पहिरो जान ससक्ने सम्भावना रहेको छ ।

त्यसैकारण पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।

दक्षिणतर्फ रहेको मनसुन न्यून चापीय रेखा नेपालतर्फ नजिकिँदै गरेकाले मनसुनी गतिविधि बढ्दै गएको हो।

Loading...
प्रकाशित मिति ६ श्रावण २०७६, सोमबार ०१:१५