जेठ २ गतेसम्म सबै हवाई उडान बन्द

काठमाडौं, १३ बैशाख / सरकारले आन्तरिक तथा बाह्य हवाई उडान आगामी जेठ २ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

शनिबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले आन्तरिक तथा बाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

यस अगाडि यही बैशाख १८ गतेसम्मका लागि हवाई उडानमाथि रोक लगाइएको थियो । शनिबार बसेको समितिको बैठकले जेठ २ गतेसम्मका लागि आन्तरिक तथा बाह्य सबै उडानलाई लकडाउनमै राख्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

लकडाउनको अवधि बढाउने नबढाउने निर्णय मन्त्रिपरिषद बैठकले तय गर्ने जानकारी गराइएको छ ।

Loading...
प्रकाशित मिति १३ बैशाख २०७७, शनिबार ०९:५५