अञ्जु पन्तको ‘तीजको लहर’ (भिडियो सहित )

काठमाडौं / चर्चित लोकप्रिय गायिका अन्जु पन्तको  “तीजको लहर”  बोलको तीज गीत सार्वजनिक भएको छ । गीतलाई सन्तोष केसीको युटयुबबाट सार्वजनिक गरिएको छ ।

सन्तोष केसीको शब्द तथा संगीत रहेको उक्त गीतमा कमल सौरागको एरेंज रहेको छ । तीजको लहर गाउँ घरमा आएको कुरा गरिएको उक्त गीतमा साथी संगीलाई नाच्न आग्रह गरिएको छ ।

मन्जीता केसीको अभिनय रहेको उक्त गीतको भिडियो सौरभ लामाले छायाँकन गरेका हुन् । उक्त गीतको भिडियोमा मन्जीता केसीलाई निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ । भिडियो

https://www.youtube.com/watch?v=N5tX0YpoBRc

शिव बि.क.को निर्देशनमा तयार भएको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

Loading...
प्रकाशित मिति ६ श्रावण २०७६, सोमबार ०१:३३