त कुटे जस्तो गर म रोए जस्तो गर्छु…

कैले होला यिनिहरुको परलोकमा बास प्रभु।
नसकिने भो सुन्न यिनिहरुको बकवास प्रभु।

न जनतामा हासो छायो न त छायो खुसी हेर।
कैले दिन्छौ धर्तिबाट यिनलाइ अबकास प्रभु।
कैले होला यिनिहरुको परलोकमा बास प्रभु।

गरिबको पेट खोसि भुँडी भर्ने राक्षस हरुलाइ
छिटै आइ रोकि देउन दानबहरुको सास प्रभु
कैले होला यिनिहरुको परलोकमा बास प्रभु।।

यदिनै साच्चै खुसी देख्न मन भए जनताको
पापिलाई मार्न देउन यमराजलाइ पास प्रभु।
कैले होला यिनिहरुको परलोकमा बास प्रभु।

_____________________________

त कुटे जस्तो गर म रोए जस्तो गर्छु।
त नजिक आए जस्तो गर म पर सर्छु
आज कुर्सी मेरो भोलि पक्का तेरो है त
त खुट्टा ताने जस्तो गर म तल झर्छु ।।

जनतालाइ जे हो हामिलाइ के भो
चिन्ता नलि न साथी पर्या म हेर्छु ।
त कुटे जस्तो गर म रोए जस्तो गर्छु।

आज गाली भोलि ताली पाइ हालिन्छनि
मलाइ बिस्वास गर साथी तेरो भर पर्छु।
त कुटे जस्तो गर म रोए जस्तो गर्छु ।।

लेखक : नाम : बिनोद श्रेष्ठ ठेगाना :उदयपुर

Loading...
प्रकाशित मिति १४ बैशाख २०७७, आईतवार १५:४३