उदयपुर / उदयपुरको मुख्य कोरोना संक्रमित स्थान भुल्केमा थप ८ जनाको स्वाब संकलन गरिएको छ । २८ जना कोरोना संक्रमित भेटिएको स्थानका छुटेका थप ८ जनाको स्वाब आज संकलन गरिएको हो ।
हिजो मात्र भुल्केका संक्रमितहरुसंग सम्पर्कमा आएका र संक्रमित आशंका गरिएका त्रियुगा नगरपालिकाका विभिन्न वडाका ८३ जनाको स्वाब नमुना संकलन गरिएको थियो ।
हिजो र आज संकलित ९१ जनाको स्वाब परिक्षणको लागि विराटनगरस्थित कोशी हस्पताल लगिएको छ ।
यसअघि भुल्केबाट ३ सय ३७ जनाको स्वाप नमुना परिक्षण गर्दा भुल्केको मस्जिद रहेको बस्तिभित्र मात्रै २८ जना संक्रमित भेटिएका थिए । जिल्लामा अन्य गाउँपालिका र नगरपालिकामा विदेशबाट आएकाहरुसमेतको स्वाव परिक्षण गर्दै आइएको छ ।