सर्वेन्द्र खनाललाई फेसबुकमा अपहरणकारी लेख्ने रीता रिजाल पक्राउ

काठमाडौं / पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अपह’रणकारी लेख्ने नेपाल विद्यार्थी संघकी नेतृ प’क्राउ परेकी छन् ।

पूर्व आइजिपी खनाललाई अप’हरणकारी लेख्दा नेविसंघकी प्रदेश २ की निवर्तमान छात्रा संयोजक रीता रिजाल पक्रा’उ परेकी हुन् ।

नेविसंघ नेतृ रिजाललाई प्रहरीले मंगलबार बारा सिमराबाट प’क्राउ गरेको हो । प’क्राउपछि प्रहरीले उनलाई ‘साइवर क्राइम’ मुद्दा लगाउने तयारी गरेको छ ।

नेविसंघका कार्यकर्ता र केही समर्थकहरुले उनलाई अविलम्ब रिहा गर्न माग गरेका छन् । फेसबुकमा लेखेकै आधारमा प,क्राउ गर्न नमिल्ने भन्दै तुरुन्त रिहा गर्नुपर्ने उनीहरुको माग छ ।

अन्य समाचार रौतहट, १६ वैशाख । रौतहटमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको वृन्दावन नगरपालिका- ९ निवासी २५ वर्षीय पुरुष तथा देवाही गोनाही- १ का अर्का ३५ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेन्टाइनमा बसेर यही बैशाख ६ गते घर फर्काइएका वृन्दावन नगरपालिकाका पुरुषमा कोरोना संक्रमण देखिएको चन्द्रपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. श्यामबाबु शाहले जानकारी दिनभुयो ।

उहाँका अनुसार प्रादेशिक ल्याब जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएका उनलाई काठमाडाैँस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय गौरका निमित्त प्रमुख महेश साहका अनुसार देवाही गोनाहीका संक्रमित पुरुष भने क्वारेनटाइनमै रहेका छन् । अब दुवै संक्रमितको कन्ट्याक ट्रेसिङ्ग गरिने उहाँले बताउनुभयो ।

Loading...
प्रकाशित मिति १६ बैशाख २०७७, मंगलवार ११:१८