अन्ततः नेकपा भित्र सहमतिको तयारी

काठमाडौं /  नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने प्रयास असफल भएपछि विवादको अन्तका लागि सहमतिको नयाँ बिन्दु खोज्न दोस्रो तहका नेताहरुले प्रस्ताव तयार गरेका छन् ।

प्रस्ताव अनुसार ओली सरकारबाट हट्नुनपर्ने भएको छ । तर, उनले पार्टीको निर्णय अनुसार सरकार संचालन गर्नुपर्नेछ ।

विश्वस्त स्रोतका अनुसार ओलीलाई अन्तिम मौका दिने गरी प्रस्ताव तयार गरिएको हो । उनलाई अब आइन्दा पार्टीको निर्णय अनुसार सरकार संचालन गर्ने गरी मौका दिने तयारी भएको हो ।

स्रोतका अनुसार अब पार्टीले सरकार चलाउने गरी सहमतिको बिन्दु खोज्न तयार गरिएको प्रस्ताव अनुसार पार्टीको सचिवालयमा हेरफेर तथा पुर्नगठन, मन्त्रिमण्डल पुरै पुर्नगठन गर्ने, प्रदेश नम्बर १ र बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ को नेकपा इञ्चार्ज परिवर्तन गर्ने उल्लेख छ । यो प्रस्तावमा सहमति हुनसक्ने बुझिएको छ ।

सबैभन्दा प्राथमिकतामा सचिवालय पुर्नगठन रहेको छ । सचिवालयमा केही नयाँ सदस्य थप्ने प्रयास विगतमा पनि हुँदै आएको थियो ।

हाल ९ जना सचिवालय सदस्य रहेको छ । यो नेकपाको संगठनमा सर्वोच्च निकाय हो । सचिवालयमा माधव नेपाल र प्रचण्ड पक्षधरले केही सदस्य नियुक्तिको दाबी गर्दै आएका छन् ।

Loading...
प्रकाशित मिति १६ बैशाख २०७७, मंगलवार १२:१२