प्रचण्डलाई फेसबुकमा गा’ली गरेको आ’रोपमा पत्रकार प’क्राउ

काठमाडौं, १८ बैशाख / प्रहरीले साइबर अ’पराध गरेको आ’रोपमा पत्रकार दीपक पाठकलाई प_क्रा’उ गरेको छ । उनलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक सञ्जालबाट गा’ली ग’लौज गरेको आ’रोपमा प’क्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

अध्यक्ष प्रचण्डका तर्फबाट प्रेस सल्लाहकार विष्णु सापकोटाले छा’नवीन र कारवा’हीका लागि प्रेस काउन्सिलमा केही दिन अघि उजुरी दायर गरेका थिए ।

पाठकविरु’द्ध हिजो जिल्ला अदालत काठमाडौंबाट प’क्राउ पुर्जीको अनुमति लिएर प्रहरीले पक्रा’उ गरेको हो । झापा स्थायी घर भएका पाठकलाई प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको हो । पाठकको कसूरबारे प्रहरीमा जानकारी भने आइपुग्न बाँकी रहेको बताइएको छ ।

Loading...
प्रकाशित मिति १८ बैशाख २०७७, बिहीबार ०९:२६