अञ्जली अधिकारी र फुलन्देकी आमाको “चुले निम्तो” ( भिडियो )

काठमाडौं / नेपालीहरुको महान पर्व हरितालिका तीजलाई मध्यनजर गर्दै कलाकाहरुले नयाँ नयाँ तीज गीतहरु धमाधम सार्वजनिक गरिरहेका छन ।

यसै अवसरमा चुले निम्तो वोलको गीत पनि भर्खर मात्र सार्वजनिक भएको छ । तीजमा दर खाने चलनमा सबैलाई आउन आग्रह गर्दै लेखिएको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

गीतमा योजना पुरीको आवाज रहेको छ भने उत्कृष्ट शब्द सिर्जना रविन विष्टको रहेको छ । गीतमा लय सिर्जना भने गौरव दपर्णले गरेका छन ।

गीतको म्युजिक भिडियोको पक्षलाई पनि लोकप्रिय निर्देशक स्मृति तिमिल्सीनाले निकै उत्कृष्ट रुपमा गरेकी छन । गीतमा फुलन्देकी आमा र पछिल्लो समयकी चर्चित मोडल अञ्जली अधिकारीले अभिनय गरेकी छन ।

गीतलाई प्रकाश धमलाले सम्पादन गरेका छन भने सुरेश श्रेष्ठले गीतको भिडियो खिचेका हुन । गीतलाई गुरु आमा फिल्मस्ले बजार ब्यवस्थापन गरेको छ ।

गीतको सफलताको कामना सहित सो गीतको पुरै म्यजिक भिडियो यहाँहरुको लागी राख्न चाहान्छौं

Loading...
प्रकाशित मिति ६ श्रावण २०७६, सोमबार ११:२८