भद्रगोलका बेलासेलाई कोरोना संक्रमण भएको पुष्टी

काठमाडौं / हाँस्य टेलिश्रृंखला भद्रगोलका निर्माता तथा कलाकार सुवास कार्की (बेलासे) लण्डनमा कोरोनासँग लडिरहेका छन् । झण्डै २ वर्षदेखि लण्डनमा बस्दै आएका कार्की हालै कोरोना भाईरस कोभिड १९ बाट संक्रमित भएका हुन् ।

कोभिड १९ पुष्टी भएपछि सुवास हाल लण्डनस्थित निवासमै सेल्फ आइसुलेसनमा छन्। सुवासले न्यूज अफ नेपालसँग कुरा गर्दै लण्डनमा कोरोना संक्रमण फैलिन थालेपछि कतिपय साथीभाई नेपाल फर्के पनि आफु नेपालको तुलनामा लण्डनमा राम्रो उपचार हुने ठानी उतै बसेको प्रष्ट्याए। ‘म यहाँ कन्सियर्ज (सुरक्षासम्बन्धि काम) को काम गर्छु।

लण्डनमा कोरोना भाईरस बढ्न थालेपछि साथीहरु नेपाल फर्कनुभयो। त्यती बेला नेपालमा कोरोना छिरेको थिएन। बुढीको हस्पिटलको जागिर, छोराको नजिकिँदो एसएलसी, छोरी सानी भएको र घर भर्खर किनेको कारण म लण्डनमै बसेँ।

यहाँ केही भईहाल्यो भने पनि राम्रा हस्टिल छन्, स्वास्थ्य सेवा राम्रो छ, उपचार राम्रो हुन्छ भनेर नेपाल फर्किनं।कोरोनाले उग्र रुप लिएपछि यहाँको सरकारले लकडाउन ग¥यो’ सुवासले न्यूज अफ नेपाल डट कमलाई सुनाए ‘बुढी बीना हस्पिटलमा काम गर्छिन्। हामी दुबैजना अत्यावशकिय सेवामा भएकाले काममा जानु पथ्र्यो र गई रहयौं पनि।

बुढीले पछि मेरो सल्लाहमा एनुएल लिभ लियो। मेरो काममा रिस्क नभएकाले मचाहिँ सेवामा गईरहेँ।’सुवासका अनुसार सेवामा जाँदा र सानी छोरीका लागि दुधलगायतका खाद्य पदार्थ खरिद गर्न जाँदा उनी सँधै भिडभाडको सामना गर्दथे।

उता उनको कार्यालयका साथीहरु भने दुई सातासम्मका लागि सेल्फ आईसुलेनमा बस्न विदा लिन पाउने नियमानुसार भटाभट विदामा बस्न थालेका थिए। ‘साथीहरु साँच्चै नै विरामी भएर सेल्फ आईसुलेटमा बसेका हुुन् होइनन्, त्यो उनीहरुलाई नै थाहा होला। तर हामी नेपाली इमान्दार हुने भएकाले ढाँट्ने कुरा थिएन।

Loading...
प्रकाशित मिति १८ बैशाख २०७७, बिहीबार १६:२७