काठमाडौं / विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले विश्वका २ सय बढी देश प्रभावित भएका छन् । यस्तै साउदीमा पनि कोरोना स.क्रमितको संख्या बढ्दै गइरहेको छ । हालसम्म साउदीमा मात्र कोरोना संक्रमितको संख्या २२ हजार ७ सय ५३ पुगेको छ ।
साउदीमा कार्यरत अन्य देशका नागरिकमा कोरोना संक्रमण देखिएको छ । यस्तै साउदीमा कार्यरत ३१ जना नेपालीमा पनि कोरोना संक्रमण देखिएको छ । साउदीको जेद्दा क्षेत्रभित्र मात्र २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको जनाइएको छ ।
जसमध्ये एक जना निको भएका छन् भने २५ जनाको उपचार भइरहेको छ । साउदीमा हालसम्म जम्मा ६ जना कोरोना संक्रमित नेपाली निको भएका छन् ।
त्यस्तै कोरोनाको सङ्क्रमण फैलन नदिन मलेसियाले लकडाउनकाे अवधि १२ मेसम्म कायम गरेकाे छ । यस अवधिमा नेपालीसहित कुनै पनि विदेशी नागरिक मलेसिया प्रवेश गर्न पाउँदैनन् । यस अवधिका लागि सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ भने खेलकुद, धार्मिक कार्यक्रम लगायत कुनै पनि किसिमका भेला गर्न रोक लगाइएको छ ।
सङ्क्रमित सङ्ख्या : ६ हजार २ जना । (३ जना नेपालीसहित)
निको भएर घर फिरेकाहरु : ४ हजार १७१ । (२ जना नेपालीसहित)
अस्पतालमा उपचाररत : १७ सय २९ जना । (१ जना नेपालीसहित)
मृतकको सङ्ख्या : १०२ जना ।
दूतावासकाे सल्लाह:
कोरोनाको सङ्क्रमणबाट बच्न सकेसम्म भिडभाडमा नजानुहोस् ।
कोरोना रोकथामका लागि मलेसियाले जारी गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्न पनि अनुरोध गरेको छ । लकडाउनको अवज्ञा गर्ने नेपालीसहित मलेसियाका नागरिकसमेत पक्राउ परेको भन्दै कोरोनाको जोखिमबाट बच्न सरकारले जारी गरेका सुरक्षा सतर्कता अपनाउन दूतावासले सबै नेपालीलाई आग्रह गरेको छ ।
कोरोनाको कारण कम्पनीमा या बासस्थानमा कुनै समस्या भएमा पनि दूतावासमा सम्पर्क गर्न र यो समयमा झैझगडा नगरी संयमित भएर काम गर्न, नभए होम व्वारेण्टीनमा बस्न पनि दूतावासले भनेको छ ।
सुरक्षा सतर्कताका लागि सरकारको निर्देशन र सल्लाहबारे बेला बेलामा जानकारी लिनुहुोस् । कुनै समस्या परेमा मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न सकिन्छ ।
मलेसियामा नेपालीका लागि काम गर्ने धेरै सङ्घसंस्था छन् । समस्या पर्दा यस्ता सङ्घसंस्थाको पनि सहयोग लिन सकिन्छ ।
भिसाकाे म्याद सकिएमा
लकडाउनको अवधि सकिएपछि मलेसिया सरकारले कोरोनाको कारण भिसा सकिंदा पनि घर फर्कन नपाएकाहरुका सन्दर्भमा उचित व्यवस्था गर्ने मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताउनुभएकाे छ ।