थाहा पाउनुस् बैशाख २५ पछि के हुँदैछ लकडाउन ( भिडियो )

काठमाडौं / कोरोना भाइरसबाट जोगिन सरकारले गरेको लकडाउन आज ३९ दिन भएको छ। चैत ११ गतेदेखि जारी लकडाउनका कारण दैनिक जनजीवन क,ष्टकर बन्दै गएको छ।

लकडाउन डेढ माहिनातिर लम्किँदै गर्दा यसको सम्भावित विकल्पबारे छलफल सुरु भएको छ। नेपालका कोरोना देखिएका १२ बढी जिल्लामध्ये हालसम्म कोरोना भाइरस समुदायमा पुगेको जिल्ला उदयपुर मात्रै हो। जहाँको त्रियुगा नगरपालिका-३ भुल्केमा कोरोना स्थानीयबासीमा फैलिएको थियो। तर प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले भुल्केमा कोरोना नि,यण्त्रण तर्फ गइसकेको बताएका छन्।

देशका अन्य जिल्लामा कोरोना समुदायमा नफैलिएको अवस्थामा अहिलेकै जस्तो सबै भूभाग लकडाउनमै राखिरहने आउन सक्ने जोखिमबारे सरकारी निकायमा छलफल सुरु भएको हो। वैशाख २५ गतेपछि हुने लकडाउनको विधिबारेमा स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञहरुसँग छलफल गरेको छ। कोरोना भाइरसको उपचारमा औषधि नै नबनेको अवस्थामा यसको जोखिम कम गर्न विश्‍वभर लकडाउन नै मुख्य उपाय रहेको विश्‍व स्वास्थ्य संगठनले जनाइसकेको छ।

तर लामो समय यस्तै लकडाउन गरिरहन पर्ने या नपर्नेबारेमा स्वास्थ्य मन्त्रालयले विज्ञहरुसँग छलफल अघि बढाएको हो। यसअघि मुख्य सचिवको नेतृत्वमा रहेको कोभिड-१९ निर्देशक समितिले एक हप्तापछिको लकडानको मोडालिटी तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको थियो।

भिडियो हेर्नुहोस् ।

Loading...
प्रकाशित मिति १८ बैशाख २०७७, बिहीबार १९:२३