इन्जिनियर सुरक्षा पन्तको चलचित्रमा छलाङ

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा केही नयाँ गर्ने प्रयासहरु भइरहेका छन् । नेपाली दर्शकलाई मनोरञ्जन दिनको लागि चलचित्रकर्मीहरु निरन्तर लागिपरेका छन् । यो भिडमा आउने एउटा नाम सुरक्षा पन्त पनि हो । उनी पेशाले सिभिल इन्जिनियर हुन् । तर, हिजोआज कलाकारितामा छाइरहेकी छिन् । उनले छोटो समयमै उनले आधा दर्जन फिल्ममा आफ्नो अभिनय कौशलता देखाइसकेकी छिन् ।

थोरै फिल्मबाट नै आफ्नो फरक छवि बनाउन सफल सुरक्षाले स्व. आलोक नेम्वाङद्वारा निर्देशित फिल्म अझै पनि बाट नायिकाका रूपमा नेपाली सीनेमामा डेब्यु गरिन् । त्यसपछि चंगा चेट, भैरे, रोमियो एन्ड मुना, सुस्केरा, धनपति, गोपी, घरलगायतका फिल्ममा अभिनय गरेकी उनले केही म्युजिक भिडियोमा पनि अभिनय गरेकी छन् । अभिनयबाहेक टेलिभिजन प्रस्तोता, स्केच कलाकार, कविलगायतको परिचय बनाएकी उनले हालै प्रतीक्षा कट्टेलको लेखन र विजया कार्कीको निर्देशनको नाटक क्लेसाबाट रंगमञ्चमा पनि डेब्यु गरिन् ।

उनले दर्शकसामु केही नयाँ दिनको लागि आफुलाई समलिंगी बन्ने मन भएको बताएकी छिन् । एक पत्रिकासँग कुरा गर्दै उनले भनेकी छिन, ‘आफूभन्दा फरक लिंग तथा समुदायको व्यक्तिका रूपमा अभिनय गर्दा कस्तो अनुभव हुँदो रहेछ त भनेर हेर्न मन छ । हामीले अरूलाई देखेर महसुस त गर्न सक्छौं । तर, महसुस मात्र होइन, अरूको भोगाइ भोगेर उनीहरूलाई नजिकबाट चिन्ने र बुझ्ने रहर छ ।’ पूरै गेटअप नै चेन्ज गरेर पुरुष या समलिंगीको भूमिकामा काम गर्ने इच्छा उनले व्यक्त गरिन् ।

फरक अनुभूतिका लागि फिल्ममा समलिंगी बन्ने रहर भएको उनी बताउछिन । पछिल्लो समय पन्त फिल्म घरको प्रोमोसनका साथै मास्टरको लास्ट सेमेस्टरको परीक्षाको तयारी गरिरहेकी छिन् । त्यसपछिको समय आमा भन्ने फिल्मको सुटिङमा व्यस्त हुन्छ । दासढुंगा–२ नामक फिल्ममा पनि उनी अभिनय गर्ने मुडमा छिन ।

Loading...
प्रकाशित मिति १५ असार २०७६, आईतवार १०:४३