दिलिपकी छोरी दिव्याको डेव्यु चर्चा

काठमाडौं ६ साउन / अभिनेता दिलीप रायमाझीले पनि आफ्नी सुपुत्री दिव्या रायमाझीलाई चलचित्रमा ल्याउने तयारी गरेका छन् । हाल अमेरिकामा रहेकी दिव्या स्वयंले पनि चलचित्रमा करियर बनाउन रुचि देखाएको बताइन्छ ।

दिलीपले आफ्नो समेत लगानी रहने चलचित्र ‘लक्का जवान’ मार्फत छोरीलाई अभिनयमा पदार्पण गराउन चाहेको चर्चा चलेको छ । चलचित्रका निर्देशक शिवहरि पौडेलले समेत दिव्याले अभिनय गर्ने विषयमा पहल भैरहेको बताएका छन् ।

यद्यपि कुनै पनि कुरा फाइनल भने भैसकेको छैन । अमेरिकामा रहेर उच्च शिक्षा हासिल गरिरहेकी दिव्या यदि चलचित्रमा आइन् भने नेपाली चलचित्रमा दोस्रो पुस्ताका कलाकारहरूको संख्या अझ बढ्नेछ ।

Loading...
प्रकाशित मिति ६ श्रावण २०७६, सोमबार १७:३८