विषाक्त च्याउको सेवनबाट १२ जना बिरामी

काठमाडौं /  विषाक्त च्याउ खाँदा चितवनमा भिन्दाभिन्दै दुई गाउँका दुई परिवारका १२ जना बिरामी भएका छन् । बिरामीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।

भरतपुर महानगरपालिका–२९ कविलास जुगेडीका पाँचजना र कालिका नगरपालिका–३ पदमपुरका सातजना बिरामी भएका हुन् ।

जुगेडीका एकजना र पदमपुरका दुईजनाको अवस्था गम्भीर रहेको छ । शनिबार राति च्याउको तरकारी पकाएर खाएका जुगेडीका पाँचजना बिरामी भएपछि भरतपुर अस्पताल लगिएको थियो ।

त्यसैगरी कालिका–३ का वडाध्यक्ष टिकाराम रिजालका अनुसार आइतबार जंगलबाट ल्याएको च्याउ पकाएर खाएका एकै परिवारका सातजना बिरामी भएर उपचारका लागि भरतपुर गएका छन् । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एकनारायण कोइरालाका अनुसार जुगेडीका पाँचजनाको भरतपुरको सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

Loading...
प्रकाशित मिति २२ बैशाख २०७७, सोमबार ०८:०६