कर्णाली प्रदेश एक हप्ता सिल

सुर्खेत /  कर्णाली प्रदेश सरकारले प्रदेशलाई सात दिन सिल गर्ने निर्णय गरेको छ । छिमेकी प्रदेशहरु सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमण देखिएपछि एक साताका लागि पुरै प्रदेश सिल गर्ने निर्णय गरिएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले प्रदेश सिलको निर्णय गरेको हो ।

प्रदेश सिल गरेसँगै प्रदेशका २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाउन लागिएको सामाजिक विकासमन्त्री एव्ं प्रदेशस्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यकारी समितिका संयोजक दल रावलले बताउनुभयो ।पछि थप गरिएका डोल्पाका दुई स्थानसहित २७ स्थानमा टोली खटाउने निर्णय भएको रावलले जानकारी दिनुभयो ।

Loading...
प्रकाशित मिति २२ बैशाख २०७७, सोमबार ११:११