उदयपुरका १३ संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ

उदयपुर २२ बैशाख / उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित नुरी मस्जितमा कोरोना भाईरस (कोभिड–१९) संक्रमित १३ जनाको दोश्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

यस अघि उहाँहरूकाे पहिलाे पीसीआ रिपाेट पाेजेटिभ आएको थियाे  ।

अब तेस्राे रिपाेर्ट पनि नेगेटिभ आए डिस्चार्ज गरिने बताइएकाे छ ।  कोरोना भाइरसको केन्द्र बिन्दु बनेको भुल्के विस्तारै सहज बन्दै गएको स्थानीय यदुप्रसाद ढकालले बताउनुभयो ।

यहि वैशाख ५ गते पहिलो संक्रमित पुष्टि भएर कोरोना अस्पताल बिराटनगरको आईसोलेसनमा उपचाररत त्रियुगा नगरपालिका वडा जनं ३ भुल्के नुरी मस्जिदका संक्रमितहरुको १४ दिनपछि गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

Loading...
प्रकाशित मिति २२ बैशाख २०७७, सोमबार १३:११