नेपालमा ९ बर्षीया बालिकामा पनि देखियो कोरोना संक्रमण 

काठमाडौं / नेपालमा एक ९ बर्षीया बालिकामा पनि कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालगञ्जमा ९ बर्षीया बालिकासहित थप ७ जनामा कोरोना पुष्टी भएको हो ।

यसअघि ७ बर्षीया बालिकामा पनि कोरोनाभाइरसको संक्रमण देखिएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

कोरोना संक्रमित भएका थप ७ जना नेपालगञ्ज उपमहानगरपालिका ८ निवासी वर्ष २२, ३०, ४० का पुरुष र ०९, ३२, ३४ र ५५ बर्षकी महिला रहेका छन् ।  नेपालमा हालसम्म १६ जना कोरोना संक्रमित निको भई घर फर्किएका छन् ।

 

 

Loading...
प्रकाशित मिति २३ बैशाख २०७७, मंगलवार ०८:५९