कोरोना संक्रमित युवा अस्पतालमै यसरी नाचे ( भिडियो हेर्नुहोस् )

कृष्ण पाण्डे,

बुटवल, २३ बैशाख । सिंगो अस्पतालमा एक्लै बस्नु पर्दाको पीडा । त्यसमाथि पनि कोरोना संक्रमित हुनुको दर्द ।

न्यास्रो र पीडाबोध हुनु स्वभाविक हो । तर उनले उपाय निकाले जस्मा अस्पताल पनि सहयोगी बन्यो । जसले गर्दा उनको दिनचर्याको अहिले सर्वत्र चर्चा हुन थालेको छ ।

गत शुक्रवार कोरोना संक्रमण पुष्टि भएका रुपन्देहीको कोटहीमाई गाउंपालिका वडा नं. १ पुर्निहवाका २५ वर्षीय युवा अहिले सबै न्यास्रोपन हटाउन अस्पतालभित्रै गीत गाएर नाच्ने गरेका छन् ।

बैशाख ५ गते भारतबाट गाउँ आइपुगेका उनलाई सोहि दिन गाउंँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । पछि उनलाई क्वारेन्टाइनमा रहेकै अवस्थामा संक्रमण पुष्टि भएपछि बुटवल कोरोना आईसोलेसन अस्पतालमा ल्याईएको थियो ।

यो त्यो अस्पताल हो जहाँ अरबबाट आएका बाबुराम थापाले उपचारकै क्रममा ज्यान गुमाएका थिए ।

एक्लो बनेपछि अत्यास खप्न नसकेर कोटहीमाईका ति युवा आइसोलेसन अस्पतालबाटै भागेको भन्ने विषयले पनि सामाजिक सञ्जालमा हल्लीखल्ली मच्चियो । तर, सबै हल्लालाई चिर्दै उनी नाँचिरहेको भिडियो अहिले सामाजिक सञ्चालमा भाइरल बन्न थालेको छ ।

अहिले उनले नाँचेर नै दिन कटाउन थालेका छन् भने अस्पतालले पनि उनलायई नाँच्नका लागि गीतहरु उपलब्ध गराएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले एक्लै अस्पतालमा बस्दा न्यास्रो मानेपछि उनलाई फ्रेस हुन गीत बजाएर नाच्ने भनेपछि स्पिकर बजाएर गीत लगाइदिने गरेको बताउनुभयो ।

गीत संगीत गाउदा र नांँच्दा शारीरिकरुपमा मात्र नभइ मानसिक रुपमा समेत स्फूर्ति आउने र अस्पतालभित्र रमाइलो वातावरण बनाउन सके थेरापीको काम पनि गर्ने थापाको विश्वास छ ।

Loading...
प्रकाशित मिति २३ बैशाख २०७७, मंगलवार १७:१६