काठमाडौं एयरपोर्टमा चाइना साउथर्न जहाजले रनवे टर्न लिन नसकेपछि…

काठमाडौं / चाइना साउथर्नको  जहाज चीनको गोन्जाओ उडान भर्ने क्रममा रनवेको टर्निङ पेडमा घुम्‍न नसकेपछि केहीबेर उडानमा समस्या देखिएको छ।

वर्षाका कारण दक्षिणबाट उत्तरतर्फ उड्न खोजेको जहाज कोटेश्वरतिरको रनवेको टर्निङ पेडमा पुगेपछि मुख घुमाउन समस्या भएको थियो।

त्यसपछि  केही समय जहाज  त्यही रोकिएको थियो। त्रिभुवन विमानस्थल कार्यलयका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार टोबार मेशिन ल्याएर मुख फर्काएपछि उडान भएको छ ।

नेपालमा अड्किएका चिनियाँ यात्रु लिन यो जहाज काठमाडौं आएको हो। जहाजमा एक सय ८४ जना यात्रु थिए।

-फाइल तस्बिर

अन्य समाचार :  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसको संक्रमण भयावह हुने लक्षण देखिएको बताएका छन्।

वुद्ध जयन्तिको शुभकामना दिँदै जारी गरिएको भिडियो सन्देशमा उनले नेपालमा समयमै सरकारले उचित कदम चालेकाले अवस्था भयावह भैनसके पनि भयावह हुनसक्ने लक्षणहरु देखिएको बताएका छन्। ‘यदि हामी आफ्नो सतर्कता, तयारी र रोकथाममा सबैको समझदारीपूर्ण एक्येवद्धता भएन भने यस महमारीले भयावहरुप लिन सक्दछ। त्यसकारण हामी सजग हुन जरुरी छ’, उनले भनेका छन्।

कोरोना भाइरसको महामारीले धुमधामले वुद्ध जयन्ती मनाउन सकिने अवस्था नभएको भन्दै उनले विश्व शान्तिको चाहना तड्पिरहेको छ र वुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक भएर आइरहेको बताएका छन्। प्रधानमन्त्री ओलीले रोल्पामा बम विस्फोटमा परेर ज्यान गुमाएका ४ जना बालबालिका प्रति श्रद्धान्जली अर्पण गरेका छन्।

‘कोरोनाले विश्वलाई भयावह र त्रसित बनाएको छ। कोरोनाबाट अमुल्य जीवन गुमाउने प्रति श्रद्धासुमन व्यक्त गर्दुछ। संक्रमितहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु’, सन्देशमा भनेका छन्। उनले आज साँझ ७ बजे घर घरमा दीप प्रज्वलन गर्न समेत आग्रह गरेका छन्।

Loading...
प्रकाशित मिति २५ बैशाख २०७७, बिहीबार ०८:५७