नेपालमा कोरोना संक्रमित १०१ पुग्यो , भर्खरै थपिए २ जना

काठमाडौं / नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या १०१ पुगेको छ । स्वस्थ्य मन्त्रालयको अनुसार आज कपिलवस्तुका १६ र २२ बर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

हालै देखिएको दुईजनाको स्वस्थ्य अवस्था सामान्य रहेको जनाएको छ । कोरोना संक्रमितको सङ्ख्या दिनहु बढ्न थालेपछि परिक्षणलाई तिव्र गरिएको छ ।

त्यस्तै कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारतः थप ८ जनामा पछिल्लाे दुइ पटक कोरोना भाईरस नेगेटिभ देखिएको छ ।
उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एकजना महिलासहित पाँच र भुल्केस्थित मस्जिदमा बसोबास गर्ने ३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

सामाजिक विकास मन्त्रालयले बिहीबार साँझ पिसिआर रिपोर्ट नेगेटिभ आएका ८ जनालाई शुक्रबार बिहान १० बजे डिस्चार्ज गर्ने जानकारी दिइएको छ । कोभिड–१९ अस्पताल व्यवस्थापक संयोजक ज्ञानबहादुर बस्नेतका अनुसार नेगेटिभ देखिएका मध्ये एकजना भारतीय नागरिक हुनुहुन्छ ।

कोभिड–१९ उपचार केन्द्रका फिजिसियन डा.डेनप्रसाद आचार्यले संक्रमितहरुको दोस्रो स्वाब परीक्षण नेगेटिभ देखिएका कारण डिस्चार्ज गर्नका लागि सिफारिस गरिएको बताउनुभयो । उहाँका अनुसार अवस्था अति सामान्य रहेको र दोस्रो स्वाब समेत नेगेटिभ देखिएका कारण डिस्चार्ज गरेर नियमित निगरानी र सावधानीमा रहनु पर्नेछ ।

Loading...
प्रकाशित मिति २५ बैशाख २०७७, बिहीबार १५:१०