दैलेखमा यात्रुबाहक बस दुर्घटना, एकको जनाको मृत्यु

सुर्खेत-दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं. ४ राकम कर्णालीमा मंगलबार विहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका वडा नं. ५ मालाचौर बस्ने अन्दाजी ३३ वर्षकी धृजा माझी रहेकाे जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब निरीक्षक ठाकुर प्रसाद पा्खरेलले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार ना५ख ७२४३ नम्बरको गाडी चिप्लिएर दुर्घटना भएको हो । ‘बस मालाचौरदेखि राकम कर्णाली आएको र फेरि मालाचौर जान थालेको थियो ।’ उनले भने, ‘नौ जना सवार मध्ये ती महिलालाई बस पल्टिदा च्यापेका कारण मृत्यु भएको हो ।’ तर बस भने जुम्ला देखि काठमाडौंका लागि छुटेको थियो । अरु थप यात्री लिनका लागि मालाचौर जान फर्कदा शेराबाडा नजिकै दुर्घटना भएको स्थानीय छत्र माझीले जानकारी दिए ।

दुर्घटनामा परेका अन्यको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय राकम कर्णालीका सहायक इन्सपेक्टर विष्णु गिरीले लोकान्तरलाई जानकारी दिए । बाँकी ८ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको उनको भनाई छ ।

Loading...
प्रकाशित मिति ७ श्रावण २०७६, मंगलवार ०२:३१