थप १ जनामा कोरोना पुष्टि : संक्रमित सङ्ख्या ११० पुग्यो

काठमाडौं / उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ।

विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो। आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो।

उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ।

त्यस्तै देशको सबैभन्दा बढि कोरोना प्रभावित स्थान भुल्केमा गरिएको पुन परिक्षणमा भेटिएका ३ जना संक्रमितलाई आजै एम्बुलेन्सबाट विराटनगर कोशि कोरना उपचार हस्पिटल लगिएको छ ।

देशको सबैभन्दा बढि कोरोना प्रभावित स्थान भुल्केमा गरिएको पुन परिक्षणमा भेटिएका ३ जना संक्रमितलाई आजै एम्बुलेन्सबाट विराटनगर कोशि कोरना उपचार हस्पिटल लगिएको छ ।

गत २४ गते स्वाव संकलन गरि पुन  परिक्षण हुदा उनिहरु संक्रमित दृखिएका हुन । संक्रमित तिनैजना महिला हुन् । आजका संक्रमित संगै भुल्केमा संक्रमितको संख्या ३१ पुगेको छ । १ नंं  प्रदेशमा ३४ पुगेको छ । देशभरमा १०९ पुगेको छ ।

वैशाख ५ देखि लक गरिएको भुल्केलाई केहि खुकुलो पार्दै जाने प्रकिया अनुरुप पुन परिक्षण गरिदा संक्रमित थपिए पछि लक कायमै भएको छ ।

Loading...
प्रकाशित मिति २७ बैशाख २०७७, शनिबार १४:५६