पोखरामा आजदेखि लकडाउन खुकुलो

कास्की / जिल्ला प्रशासन कार्यालय कास्कीले आजदेखि कास्कीमा लकडाउनलाई खुकुलो बनाएको छ । लकडाउन शुरु गरेको ४८ औं दिन पुग्दा कास्कीमा लकडाउन खुकुलो बनाइएको हो ।

कास्की प्रशासनले जिल्लामा सञ्चालन भएका विकास निर्माण, उद्योग तथा उत्पादनशिल क्षेत्रमा कार्यरत मानिसहरुलाई प्रशासनबाट सवारी पास समेत लिन नपर्ने जनाएको छ ।

प्रशासनले लकडाउन खुकुलो बनाउने निर्णय गरेसंगै पोखराका सडकमा सवारी साधनको संख्या बढेको छ भने चहलपहल पनि शुरु भएको छ ।

Loading...
प्रकाशित मिति २८ बैशाख २०७७, आईतवार ११:२७