ताप्ली गाउँपालिकामा ७ सय ९४ घरपरिवारलाई राहत वितरण

उदयपुरको ताप्ली गाउँपालिकाले लकडाउनका कारण समस्यामा परेका गाउँपालिकाका ७ सय ९४ घरपरिवारलाई राहत वितरण गरेको छ ।

गाउँपालिकाका अध्यक्ष उद्धबसिंह थापाका अनुसार वडा नम्बर १ का १ सय ८७ ,वडा नम्बर २ का १ सय १५ , वडानम्बर ३ का १ सय ५९ , वडा नम्बर ४ का १सय ४२ र वडा नम्बर ५ का १ सय ९१ घर परिवारलाई राहत वितरण गरिएको हो ।

गाउँपालिकाको दैनिक ज्याला मजदुरी गर्ने , विपन्न तथा न्युन आय भएका घरपरिवारहरुको पहिचान गरी राहत वितरण गरिएको हो । प्रतिघरपरिवार १ बोरा चामल , २ किलो दाल , १ लिटर तेल र २ थान साबुन वितरण गरिएको थियो ।

लामो समयको लकडाउनका कारण समस्यामा परेकाबेला गाउँपालिकाले राहत वितरण गरेपछी हर्षित भएको राहत लिने गाउँपालिकाबासीहरुले बताएका छन् ।

Loading...
प्रकाशित मिति २८ बैशाख २०७७, आईतवार १४:५२