गोठमा काम गरिरहेकि सीताको माथिबाट पहिरो खस्दा ज्यान गयो

बागलुङ – अविरल वर्षासँगै मंगलबार बिहान खसेको पहिरोमा परी गलकोट नगरपालिकामा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ज्यामिरेकी १७ वर्षीया सीता गौतम रहेकी छन् । प्रहरीका अनुसार आज गोठ माथिबाट खसेको पहिरोमा पुरिएर गौतमको मृत्यु भएको हो ।

गौतमले गोठमा काम गरिरहेका बेला झण्डै २० मिटरमाथिबाट एक्कासि पहिरो खसेको थियो । एक घण्टापछि गौतमको शव पहिरोबाट बाहिर निकालिएको बताइएको छ । हिरोमा एउटा लैनो भैँसी, एउटा पाडो र दुई बाख्रासमेत पुरिएको बताइएको छ ।

मृतक गौतम स्थानीय शिव माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् । उनको मृत्युपछि परिवार शोकमा रहेको छ ।

पछिल्लो समय देशभरबाट बाढी पहिरोमा परी ९० जना भन्दा बढीले ज्यान गुमाइसकेका छन् । त्यस्तै आज गुल्मिमा पनि पहिरोमा परी छ जनाको मृत्यु भएको छ ।

Loading...
प्रकाशित मिति ७ श्रावण २०७६, मंगलवार १४:०३