नेपालमा कोरोना संक्रमित १२० पुगे । भर्खरै थपिए १० जना

काठमाडाै‌ं, २९ वैशाख । नेपालमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे । यससँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या १२० पुगेकाे छ ।

मन्त्रालयका अनुसार कपिलवस्तुको यशाेधरा गाउँपालिकाका १८ वर्ष देखि ३४ वर्ष उमेर समूहका पुरुषमा कोरोना देखिएकाे हाे । सबै जनालाई अस्पताल लैजाने तयारी भएकाे मन्त्रालयले जनाएकाे छ। उनीहरूकाे स्वास्थ्य अवस्था भने सामान्य रहेकाे मन्त्रालयकाे भनाइ छ ।

मन्त्रालयका अनुसार हालसम्म काेराेना संक्रमितमध्ये ३१ जना निकाे भएर घर फर्किसकेका छन् । हाल १६४ आइसोलेसनमा राखिएकाे छ । अहिलेसम्म कुल १६ हजार ९०८ जनाकाे पीसीअार परीक्षण गरिएकाेमा १२० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे हाे ।

Loading...
प्रकाशित मिति २९ बैशाख २०७७, सोमबार ०३:१८