आफ्ना नागरिक लिन काठमाडौं आइपुग्यो पाकिस्तानी विमान

काठमाडौं / पाकिस्तानले आज विमान चार्टर गरी नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश लैजादैछ। पाकिस्तानको कराँचीबाट विहान पौने दश बजे पाकिस्तान अन्र्तराष्ट्रिय एयरलायन्सको विमान काठमाडौं आइपुगेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

पाकिस्तानी राजदुतावासले चार्टर गरेको विमानले ३० जना आफ्ना नागरिक लिएर विहान पौने एघार बजे स्वदेश फर्कने क्षेत्रीले बताए।

लकडाउनका कारण नेपालमा रोकिएका विभिन्न देशका नागरिले उनीहरुकै देशको दुतावासका पहलमा स्वदेश फर्काइरहेको छ।

अन्य समाचार :  कोरोना भाइरस (काेभिड-१९) को संक्रमण तीव्र बन्दै गएकाे भारतमा साेमबार पनि ३६ सय बढी नयाँ संक्रमित फेला परेका छन् ।

साेमबार त्यहाँ एकैदिनमा ३ हजार ६०७ नयांँ संक्रमित फेला परेका हुन् । आइतबार भारतमा ४ हजार ३५३ नयाँ काेराेना संक्रमित फेला परेका थिए । शनिबार त्यहाँ ३ हजार ११३ नयाँ संक्रमित थपिएका थिए भने शुक्रबार ३ हजार ३४४ नयाँ संक्रमित भेटिएका थिए । यससँगै भारतमा काेराेना संक्रमितकाे संख्या ७० हजार नाघेकाे वर्ल्डो मिटर्सको तथ्यांकले देखाएको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमित संख्या ७० हजार ७६८ पुगेकाे छ । यसैगरी काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या २ हजार २९४ पुगेकाे छ ।

साेमबार त्यहाँ काेराेनाका कारण ८२ जनाकाे मृत्यु भएकाे छ । आइतबार भने १११ जनाकाे मृत्यु भएकाे थियाे, शनिबार पनि ११६ जनाकाे ज्यान गएकाे थियाे ।

यसैबीच भारतमा २२ हजार ५४९ जना भने कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किइसकेका छन् । बाँकी ४५ हजार ९२५ संक्रमित हाल उपचाररत छन् ।

कोरोनाको संक्रमण बढ्दै गएपछि भारतीय सरकारले नियन्त्रणकाे उपायस्वरूप लकडाउन जारी राखेकाे छ । पछिल्लाे चरणकाे लकडाउन मे १७ (जेठ ४) सम्म पुर्याएको छ ।

Loading...
प्रकाशित मिति ३० बैशाख २०७७, मंगलवार ०४:४६