नेपालमा पहिलोपटक पत्रकारलाई कोरोना संक्रमण पुष्टि

– फाइल तस्बिर 

काठमाडौं / नेपालमा पहिलोपटक  पत्रकारमा कोरोना भाइरस संक्रमण देखिएको छ । पर्सामा २ सञ्चारकर्मीलाई कोरोना संक्रमण देखिएको हो ।

पर्सामा ३९ कोरोना संक्रमित मध्ये २ जना पत्रकार रहेको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । नेपालमा पत्रकारमा कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो ।

लकडाउनको समयमा पनि पत्रकारहरु फिल्ड रिपोर्टिङमा खटिएका छन् । नारायणी अस्पतालका चिकित्सकले संक्रमित पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् । पर्सामा ३९, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ गरी आजमात्रै ५७ जना संक्रमित भेटिएका छन् ।

Loading...
प्रकाशित मिति ३० बैशाख २०७७, मंगलवार १०:१६