काठमाडौं र भक्तपुरमा पनि भेटिए कोरोना संक्रमित

काठमान्डौ / केहिसमय अगाडिदेखि कोरोना मुक्त बनेको काठमाडौंमा नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै भक्तपुरमा पनि संक्रमित भेटिएको स्वस्थ्य मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । आज (मंगलबार) थप २६ जनामा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप २६ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै २१७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। मंगलबार एकैदिन नेपालमा ८३ जनामा कोभिड-१९ पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक थप २६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको पीसीआर नमुनाको परीक्षणमा मंगलबार ८३ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । मंगलबार एकै दिन ठूलो संख्यामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या २१७ पुगेको हो।

Loading...
प्रकाशित मिति ३० बैशाख २०७७, मंगलवार १६:५९