नेपालमा पहिलोपटक नर्समा कोरोना पुष्टि

काठमाडौं / नेपालमा आज (मंगलबार) एकै दिन भेटिएका ८३ जना संक्रमितमध्ये २ जना पत्रकार र एक जना स्टाफ नर्स पनि भएको खुलेको छ ।

पर्सामा देखिएका ३९ जना कोरोना संक्रमितमध्ये कम्तिमा २ जना पत्रकारलाई संक्रमण देखिएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

यस्तै कपिलवस्तुमा आज संक्रमण पुष्टि भएका आठ जनामध्ये एक जना स्टाफ नर्स पनि भएको खुलेको हो ।

संक्रमित नर्स जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स भएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले पुष्टि गरेका छन्।

– प्रतीकात्मक तस्बिर

Loading...
प्रकाशित मिति ३० बैशाख २०७७, मंगलवार १८:००