चलचित्र   ‘हिरो नं. १’ पहिलो गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं । नायक जय किशन बस्नेतले आफ्नो ब्यानरमा पछिल्लो पटक निर्माण गरेको चलचित्र हिरो नं. १ को पहिलो गीतको भिडियो सार्वजनिक भएको छ । जय किशन बस्नेत र एलिना रायमाझी फिचरिङ मेरी नक्कली, मेरो नक्कले बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

जय किशन बस्नेत फिल्मस्को ब्यानरमा निर्माण गरिएको चलचित्र हिरो नं. १ मा कुल चार वटा गीत रहेको बताईएको छ भने हाल सार्वजनिक भएको गीत चौविस घण्टा नपुग्दै लाखौंले हेरि सकेका छन् । मधुसुदन डाँगीले लेखेको शब्दमा हरि थापाले संगीत गरेका छन् भने मेलिना राई र म्याक्स नेपालको स्वर रहेको छ । चलचित्रमा बिनोद सापकोटाको छायाँकन, शंकर महर्जनको द्वन्द, ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, जय किशन बस्नेत र किशोर थापाको नृत्य रहेको छ भने जाहन्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रको लेखन, निर्माण तथा निर्देशन जय किशन बस्नेतकै रहेको छ ।

हिरो नं. १ का नव कलाकारहरुको रमिता देखेर चलचित्रकर्मीहरु वाल्ल, जिल्ल, ट्वाल्ल

हाल मनोरञ्जनात्मक तथा सुचनामुलक जुनसुकै सामाग्री पनि डिजिटल माध्यमबाट सार्वजनिक हुने गर्छन् अनि त्यसमा संलग्न व्यक्तिहरुले आफ्नो फेसबुक तथा ट्विटर मार्फत शेयर गरेर जति सक्दो धेरै सामु पुर्याउन पहल गर्छन् । तर हिरो नम्बर १ मा संलग्न केही कलाकारहरुको फेसबुक गतिविधि भने रमिता लाग्दो देखियो । प्रायजसो नव कलाकारहरुलाई अवसर दिने जय किशन बस्नेतले हिरो नं. १ मा पनि धेरै नयाँ कलाकारहरुलाई अवसर दिएका छन् । उनीहरुले आफ्नो सामाजिक सञ्जालमा आफु संलग्न चलचित्रको गीतलाई प्राथमिकता दिन्छन् भन्ने अनुमान थियो र उनीहरुले गर्नु पर्ने पनि त्यही थियो । तर त्यो देखिएन ।

प्रसंगमा भन्नु पर्दा यस चलचित्रकी एक नायिकाले भिडियो सार्वजनिक भएको केही समयमा नै भोलीपल्ट आफ्नो तीज गीतको भिडियो छायाँकन हुने भएकोले उपस्थित हुनु होला भन्दै फेसबुक मार्फत छायाँकन स्थलमा सुभचिन्तकलाई बोलाउँदै स्टाटस लेखिन् ।

युट्युव मार्फत सार्वजनिक भएको आफ्नो चलचित्रको भिडियो हेर्न आव्हान गनु छोडेर छायाँकन हेर्न ती नायिकाले किन दर्शक बोलाईन् उनको यो गतिविधि देखेर चलचित्रकर्मीहरु नै छक्क पर्नु परेको चर्चा बजारमा छाएको छ । हुन त जय किशन बस्नेत समेत संलग्न चलचित्र राजा साहेबको शुभ मुहुर्त पनि त्यसै दिनमा भएकोले आफ्नो होम प्रोडक्सन चलचित्रको गीत सार्वजनिक गर्न हतारि रहेको देखिन्थे तर हिरो नं. १ कै अर्को एक नव नायक भने आफु राजा साहेबको मुख्य कलाकारमा लिखित रुपमा अनुबन्धित भएको भन्दै एक कप कफीको साथमा एक्लो तस्वीर पोष्ट गरेर रमाई रहेको देखिन्थे ।

चलचित्र क्षेत्रकै व्यक्तिहरुले आलोचना गरेको कारणले गर्दा हुन सक्छ ती नव नायकले रातारात त्यो स्टाटस हटाए । कारण उनी राजा साहेबमा अनुबन्धित भएका थिएनन् । हिरो नं. १ चलचित्रमा संलग्न दुई कलाकारहरुको यो रमिता केवल सानो उदाहरण मात्र हो । चर्चित कलाकर्मीको बुई चढेर चलचित्रको पर्दालाई माध्यम बनाएर क्षणिक सेलिब्रटी बन्ने र कलाको पदवीलाई अन्यत्र प्रयोग गर्ने उम्रिदैका तीन पात बन्नेहरुका थुप्रै किस्सा यो चलचित्रको छायाँकन हुदा देखि नै देखिएको थियो । कोही छायाँकन स्थालमा समयमा नपुगि दिने र कोही छायाँकन नै नसकी स्थल छोडेर हिड्ने गरेकोले निर्माण युनिट तनाबमा परेको खबर पनि सार्वजनिक भएको थियो ।

हरेक चलचित्रमा सास्ती बेहोर्दै काम गराउँने गरेका नायक तथा निर्देशक जय किशन बस्नेतसँग हामीले बुझ्न खोज्दा हिरो हिरोईनको आवरणमा अन्य धन्दा फस्टाउँछ भन्ने भ्रम राख्नेहरुको चरित्रले आफुलाई असर नपर्ने बताए । यस्ता झिना मसिना प्रसंगमा आफु धेरै नबोल्ने भन्दै आफ्नो चलचित्रमा आफु एक्लै काफी रहको बताएका जय किशन बस्नेतले प्रति प्रश्न गरे बाल छ बाल छैन नि ।

हुन पनि सुब्बा साप, पञ्चायत तथा यात्रा जस्ता चलचित्र खेलेर प्रशंसा बटुलेकी नायिका जाहन्वी बस्नेत पनि यसै चलचित्रमा नायिका छिन् । उनले चलचित्र हिरो नं. १ को प्रचार प्रसारमा राम्ररी साथ दिएको देखिन्छ । अन्य केही नायक र नायिकाले पुराना चलचित्रकमीहरुलाई नै वाल्ल, जिल्ल, ट्वाल्ल पार्ने गरी देखाएको रमिते प्रवत्तिलाई बदल्छन् या बदल्दैनन् अनि निरन्तर चलचित्र बनाउँने एवम नयाँलाई प्राथमिता दिएर हैरान बेहोर्दै आएका जय किशन बस्नेतले आफ्नो सोच र सैली बदल्छन् या पहिलेकै शैलीलाई निरन्तरता दिन्छन्, त्यो भने हेर्न बाँकी छ ।

स्मरण रहोस् यस अघि अन्य युट्युव च्यानललाई डिजिटल राईट बेच्दै आएका बस्नेतले हिरो नं. १ को सम्पूर्ण सामाग्री आफ्नै माताहतमा रहेको मोबाईल टिभी नामक च्यानलबाट अपलोड गर्ने बताउँदै पहिलो गीत सोही च्यानलबाट सार्वजनिक गरेका छन् ।

चलचित्रको भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :

Loading...
प्रकाशित मिति ७ श्रावण २०७६, मंगलवार १४:४४