भक्तपुरमा भेटिएका २ संक्रमित: सशस्त्र प्रहरी र नर्स

भक्तपुर / भक्तपुरमा कोरोना भाइरस संक्रमण देखिएका पुरुष सशस्त्र प्रहरी र महिला स्टार्फ नर्स रहेको खुलेको छ। २७ वर्षीय सशस्त्र प्रहरी भक्तपुरको चाँगुनारायण नगरपालिका १ सरस्वतीखेलस्थित सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत रहेको बुझिएको छ।

पुरुष भक्तपुरको दुवाकोटस्थित सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत रहेकाले उनका बारेमा पूरा विवरण दिइएको छैन।

त्यस्तै २५ वर्षीया महिला स्टाफ नर्स रहेको र उनी भक्तपुरकै एक निजी अस्पतालमा काम गर्ने बुझिएको छ।  हाल मध्यपुर थिमि नगरपालिका -९ स्थित साथीको कोठामा बस्ने उनी सुनसरीको रामधुनी नपा झुम्काकी स्थायी बासिन्दा हुन्। उनी झुम्काबाट दुई दिनअघि मात्रै भक्तपुर आएका बताएका छन् ।

Loading...
प्रकाशित मिति ३१ बैशाख २०७७, बुधबार ०३:१५