नेकपा नेता भिम रावलको सुरक्षामा खटिएका प्रहरीलाई कोरोना संक्रमण

काठमाडौं / उपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्री एवं नेकपाका नेता भीम रावलका सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । रामेछाप स्थायी घर भएका सशस्त्र प्रहरीका २७ वर्षीय प्रहरी जवानलाई कोरोना लागेको हो ।

उनी भक्तपुर दुवाकोटामा अस्थायी रुपमा बस्दै आएका थिए ।  जवान सशस्त्र प्रहरी बलको निलबाराही गणमा कार्यरत उनको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी, भक्तपुरमा कोरोना संक्रमण देखिएका अर्की २५ वर्षीया महिला भक्तपुर सल्लाघारी बस्ने गरेकोमा पछिल्लो पटक नयाँठिमीस्थित प्रजित रेग्मीको घरमा बस्दै आएको खुलेको छ । सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्क स्थायी घरभएका महिलालाई हिजै टेकु अस्पतालमा भर्ना गरिएको छ ।

Loading...
प्रकाशित मिति ३१ बैशाख २०७७, बुधबार ०४:४०