आज काठमाडौंमा थपिए २ जना कोरोना संक्रमित

काठमाडौं / नेपालमा थप तीन जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परिक्षण अनुसार बिहीबार साँझ तीन जनामा कोरोना पुष्टि भएको हाे ।

काठमाडौं, दहचोक निवासी ७ वर्षीय बालक, जनकपुर, धनुषा निवासी १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै संक्रमितको संख्या २४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारमात्रै ६ जनामा कोरोना संक्रमण भएको छ ।

मन्त्रालयले विहान ३ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । कपिलवस्तु घर भई काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचाररत बालिका, काठमाडौंको चन्द्रागिरि नगरपालिकाका एक पुरुष र नवलपरासी पूर्वका ४९ वर्षका पुरुषमा पनि बिहीबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

Loading...
प्रकाशित मिति १ जेष्ठ २०७७, बिहीबार १५:५४