कोरोना भाइरस : खाडीमुलुक ६ देशको ताजा अपडेट यस्तो छ ( हेर्नुहोस्)

काठमाडौं १ जेठ/ विश्वव्यापी फैलिरहेको नोभेल कोरोना भाइरस कोभिड-१९ बाट संक्रमित हुनेहरुको सङ्ख्या दैनिक तिव्र गतीमा बढेको छ । त्यस्तै लाखौं नेपाली कामदार रहेको खाडीमुलुकको ६ देशको ताजा अपडेट हेर्नुहोस् ।

कतार

खाडी मुलुक कतारमा कोरोना भाइरस संक्रमणमा वृद्धि देखिएको छ। बिहीबार मात्रै कतारमा १ हजार ७ सय ३३ नयाँ संक्रमण पुष्टि भएको छ।

यो संख्या कतारमा एकैदिन संक्रमण पुष्टि भएको हालसम्मकै उच्च संख्या हो।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ११ जनाको कोरोना परीक्षण गर्दा १ हजार ७ सय ३३ जना नयाँ संक्रमित फेला परेका हुन्।

बिहीबार कतारमा थप २ सय ७३ जना कोराेना संक्रमित बिरामीले उपचारपछि स्वास्थ्य लाभ गरेका छन् । योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या ३ हजार ३ सय ५६ पुगेको छ ।

हालसम्म कतारमा २८ हजार २ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कतारमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने न्युन छ । अहिलेसम्म १४ जना संक्रमितको मात्रै ज्यान गएको छ ।

कतारले उच्च सतर्कता र चेकजाँचको दायरालाई व्यापक रुपमा बढाएकोले संक्रमितको संख्या बढेको बताएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले केहीदिन पछाडी संक्रमितको संख्या क्रमश घट्दै जाने समेत जनाएको छ ।
दोहास्थित नेपाली राजदूतावासका अनुसार कतारमा अहिले ३ लाख ५१ हजार ८ सय ७२ जना नेपालीले रोजगारी गर्दै आएका छन् । तर, कतारमा सरकारी तथ्याङक भन्दाबढि करिब ४ लाख नेपाली रहेको अनुमान छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । तसर्थ त्यहाँ रहेको नेपाली दूतावाससँग कोरोना संक्रमित नेपालीको कुनै तथ्याङक छैन । दूतावासले यकिन तथ्याङक आफूसँग नभएता पनि नेपालीहरु संक्रमित भने भएको बताउँदै आएको छ ।

युएई

सङ्क्रमित सङ्ख्या : २१ हजार ८४ ।

निको भएर घर फिरेकाहरु : ६ हजार ९३० जना ।

अस्पतालमा उपचाररत : १३ हजार ९४६ जना ।

मृतकको सँख्या : २०८ जना ।

साउदी

सङ्क्रमित सङ्ख्या : ४४ हजार ८३० जना (दूतावासका अनुसार, ६७४ जना नेपालीसहित) ।

निको भएर घर फिरेकाहरु : १७ हजार ६२२ जना (दूतावासका अनुसार, ६५९ जना नेपालीसहित) ।

अस्पतालमा उपचाररत : २६ हजार ९३५ जना । (दूतावासका अनुसार, एक हजार ६१ नेपालीसहित)

मृतकको सँख्या : २७३ जना । (दूतावासका अनुसार, १ नेपालीसहित)

बहराइन

सङ्क्रमित सङ्ख्या : ५ हजार ८१६ जना । (दूतावासका अनुसार, २४५ जना नेपालीसहित)

निको भएर घर फिरेकाहरु : २ हजार २०५ जना ।

अस्पतालमा उपचाररत : ३ हजार ६०१ जना।

मृतकको सङ्ख्या : १० जना ।

कुवेत

सङ्क्रमित सङ्ख्या : ११ हजार ९७५ जना । (दूतावासका अनुसार, ८४ जना नेपालीसहित)

निको भएर घर फिरेकाहरु : ३ हजार ४५१ जना ।

अस्पतालमा उपचाररत : ८ हजार ४३६ जना ।

मृतकको सङ्ख्या : ८८ जना ।

ओमन

सङ्क्रमित सङ्ख्या : ४ हजार ३४१ जना ।

निको भएर घर फिरेकाहरु : १३ सय ३ जना ।

अस्पतालमा उपचाररत : ३ हजार २१ जना ।

मृतकको सँख्या : १७ जना ।

Loading...
प्रकाशित मिति १ जेष्ठ २०७७, बिहीबार १८:१८