एकाबिहानै थपिए ९ संक्रमित , कुल सङ्ख्या २५८ पुग्यो

काठमाडौं २ जेठ / नेपालका कोरोना संक्रमित सङ्ख्या २५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षण अनुसार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै कोशी अस्पताल बिराटनगरबाट उदयपुरका १ जना संक्रमित निको भएर घर फर्किएका छन्।  

Loading...
प्रकाशित मिति २ जेष्ठ २०७७, शुक्रबार ०२:३९