थप २ जनामा कोरोना पुष्टि : कुल संक्रमित २७८

काठमाडौं, ३ जेठ । पुनः २ जनमाा कोरोना संक्रमित थपिदा शनिबार एकै दिन ११ जना कोरोना संक्रमित थपिएका छन् ।

शनिबार विहान मात्र ९ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । दिउँसो पुनः अन्य २ जनामा पनि यस्को पुष्टि भएको छ ।

संक्रमित हुनेमा महोत्तरीका ५२ बर्षीय र काभ्रेका २६ बर्षीय पुरुष रहेका पछिल्लो थपिएकासहित नेपालका कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ ।

Loading...
प्रकाशित मिति ३ जेष्ठ २०७७, शनिबार १०:४७