बाेलेराे जिप दुर्घटना : एककाे मृत्यु, २ गम्भिर घाइते

डडेल्धुरा । दार्चुलाबाट धनगढीतर्फ जाँदै गरेकाे ग १ ज ५२२४ नम्बरको बाेलेराे जिप बैतडीको पाटन नगरपालिका ८ खोड्पे नजिककाे भीरमा दुर्घटना भएकाे छ । जीप दुर्घटनामा परेर एककाे मृत्यु भएकाे छ । भने दुर्इ घाइते भएका छन् । जिप बुधबार बिहान सवा ५ बजेतिर दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा ईश्वर नागरी रहेकाे र उनकाे ठेगाना खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । त्यस्तै दुर्घटनामा परेर दार्चुला जिल्ला महाकाली नगरपालिका -९ का हिक्मत साउद र अर्का पुष्कर नागरी गम्भीर घाईते भएका हुन् ।

उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिँदै गरेकाे प्रहरीले जनाएकाे छ । बाक्लाे हुस्सु लागेका कारण कम भिजीविलीटी हुँदा जीप घुम्तिबाट तल खसेकाे प्रहरीकाे अनुमान छ ।

मृत्यु भएकाको शव भीरमा अड्किएको र कुहिरो र पानीका कारण निकाल्न असहज भईरहेको इलाका प्रहरी कार्यालय पाटनले जानकारी दिएको छ।

घाइते साउद अाफैले घटनास्थलबाट खाेड्पे प्रहरी चाैकीमा अाएर खबर गरेपछि दुर्घटनाबारे थाहा भएकाे ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक गिन्द्र बाेगटीले बताएका छन् । जिप सडकबाट २ सय मिटर तल खसेकाे छ । घटनाबारे थप जानकारी अाउँन बाँकी छ । फाइल तस्बिर 

Loading...
प्रकाशित मिति ८ श्रावण २०७६, बुधबार ०३:५५