भारतमा एकै दिन थपिए यतिधेरै कोरोना संक्रमित

काठमाडौं / भारतमा आइतबार बिहानसम्म कोरोनाभाइरसका संक्रमितका संख्या ९० हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा झण्डै पाँच हजार नयाँ संक्रमित भेटिएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ५३ हजार ९४६ जनामा कोरोनाभाइरसको संक्रमण रहेको छ । भारतमा कूल २ हजार ८७२ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ । करिब ३४ हजार १०८ जना निको भएर डिस्चार्ज भएका छन् ।

विगत २४ घण्टाको अवधिमा झण्डै ४ हजार मानिस निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

भारतीय राज्य महाराष्ट्रमा ३० हजार ७ सय ६ जनामा कोरोना देखिएको छ भने गुजरात र तामिलनाडूमा क्रमशः १० हजार ९ सय ८८ जना र १० हजार ५ सय ८५ जना कोरोना संक्रमित भेटिएका छन् ।  भारतीय राजधानी नयाँदिल्लीमा भने ९ हजार ३ सय ३३ जनामा कोरोना पुष्टि भएको छ । एजेन्सी

Loading...
प्रकाशित मिति ४ जेष्ठ २०७७, आईतवार ०६:३०